गुरु पूर्णिमाको अवसरमा गुरुहरूमा समर्पित गीत सार्वजनिक (भिडिओ) – Nepal Press

गुरु पूर्णिमाको अवसरमा गुरुहरूमा समर्पित गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । अँध्यारोबाट उज्यालो तर्फ डोर्‍याउने जीवनका मार्गदर्शक गुरुहरूमा समर्पित गीत ‘गुरु तिमी हाम्रा मार्गदर्शक’सार्वजनिक भएको छ ।गुरु पूर्णिमाको अवसरमा भक्तपुरको कौशलटारमा रहेको आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेर आज सार्वजनिक गरेको हो ।

गीतमा संजय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भूपेन्द्र रायमाझीको संगीत र विक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ ।आदर्श जनप्रेमीका प्रधानाध्यापक निलेश आचार्यले जीवनका मार्गदर्शक सम्पूर्ण गुरुहरूको सम्मानमा गीत निर्माण गरिएको बताए ।

गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनोपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणाली तर्फ उन्मुख हुन पनि उत्प्रेरित गरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *