पूजा शर्माले ‘पूर्वप्रेमी’ सुदर्शनलाई दिइन् गुरु पूर्णिमाको शुभकामना – Nepal Press

पूजा शर्माले ‘पूर्वप्रेमी’ सुदर्शनलाई दिइन् गुरु पूर्णिमाको शुभकामना

काठमाडौं । आज गुरुपूर्णिमा । सबैले सामाजिक सञ्जालमा आ-आफ्ना गुरुलाई सम्झिरहेका छन् । आभार प्रकट गरिरहेका छन् ।
नायिका पूजा शर्माले पनि बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो ‘गुरु’लाई सम्झिइन् ।

उनले सम्झिएका गुरु अरु कोही नभएर निर्देशक सुदर्शन थापा हुन् । थापालाई आफ्नो जीवनको ‘आशिर्वाद’ भन्दै पूजाले आभार प्रकट गरेकी छिन् ।

उनले अंग्रेजीमा लेखेको स्टाटसको नेपाली भावानुवाद यस्तो छः
तिमीले मलाई एटा शिक्षकजसरी सिकायौ, मेरो बुवाआमाजसरी संरक्षण गर्यौ र मेन्टरजसरी बाटो देखायौ । तिमीले साँच्चिकै आजको दिन धेरै डिजर्भ गर्छौ । तिमीले मलाई ठूलो सपना देख्ने सबै कारणहरु दियौ र त्यसलाई प्राप्त गर्ने स्रोत–साधन पनि । तिमी मेरो जीवनको आशिष हौ । म तिम्रो विद्यार्थी हुनुमा अनुग्रहित छु । तिमीले मेरो उत्कृष्टतामा पुग्ने चुनौति दिएकोमा र मभित्र सिक्न हुटहुटी पैदा गराएकोमा धन्यवाद छ । ह्याप्पी गुरु पूर्णिमा काजी ।

सुदर्शन र पूजा लामो समयदेखि नेपाली चलचित्रमा सहकार्य गर्दै आएका छन् । खासमा पुजालाई चलचित्र क्षेत्रमा डोहो¥याएको सुदर्शनले हो । केही म्युजिक भिडियो खेलेकी पूजालाई सुदर्शनले चलचित्र ‘मधुमास’ मा लिड हिरोइन बनाएका थिए । त्योभन्दा ठीक अगाडि सुदर्शनको नायिका सुश्मा कार्कीसँग ब्रेकअप भएको थियो ।

ब्रेकअपको पीडामा रन्थनिएका सुदर्शन पुजासँग छिट्टै अट्याच भए । त्यसपछि उनले निरन्तर आफ्ना फिल्ममा पुजालाई नै नायिका बनाइरहेका छन् । सुदर्शन र पुजा मिलेर केही फिल्म निर्माण पनि गरेका छन् ।

विगतमा यो जोडी प्रेम सम्वन्धमा रहेको बारे व्यापक चर्चा हुने गथ्र्यो । उनीहरुले सार्वजनिकरुपमा आफूहरुलाई प्रेमी–प्रेमिकाका रुपमा स्वीकारेका थिएनन् । तर, अरुले उनीहरुलाई प्रेम जोडीकै रुपमा लिएका थिए ।

पुजाको नायक आकाश श्रेष्ठसँग हिमचिम बढेपछि सुदर्शनसँग उनको प्रेम टुटेको बताइन्छ । यद्यपि, आकाशलाई पनि पूजालाई बाइबाइ गरिसकेकी छन् । पुजा अहिले युद्ध बानियाँ नामका युवकसँग रिलेसनसीपमा छिन् । उनीहरुले आफूहरु प्रेममा रहेको स्वीकार्दै चाँडै विहे गर्ने योजना सार्वजनिक गरेकी छन् ।

यता पुजाका पूर्वप्रेमी सुदर्शन थापाले यसै वर्ष सुप्रिया कटवाल नामकी युवतीसँग विवाह गरे । विहेमा पूजा पनि सुदर्शनको निम्तो मान्न गएकी थिइन् । आज उनले सुदर्शनलाई गुरु पूर्णिमाको शुभकामना दिँदै सम्मानित स्थानमा राखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *