बाबुराम पक्षको बैठकमा जसपाका ४० प्रतिशत बढी केन्द्रीय सदस्य सहभागी – Nepal Press

बाबुराम पक्षको बैठकमा जसपाका ४० प्रतिशत बढी केन्द्रीय सदस्य सहभागी

काठमाडौं । उपेन्द्र यादवले डा. बाबुराम भट्टराईसँग अघि बढ्न इच्छा नदेखाई एक्लै चलेपछि सत्ता गठबन्धनको चौथो ठूलो दल र स्थानीय निर्वाचनबाट समेत देशकै चौथो दल बनेको जनता समाजवादी पार्टी औपचारिक विभाजनमा गएको छ ।

सोमबार एकैदिन उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका अलग-अलग बैठक बसेसँगै जसपा विभाजनमा गएको हो । डा. बाबुराम भट्टराईले बोलाएको संघीय परिषद्को बिस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना बाबुरामतिर खुलेको दाबी पाण्डेको छ । यो भनेको जसपाको विभाजनका लागि कानूनबमोजिमको ४० प्रतिशतभन्दा बढी हो । संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम निकट नेताहरुको छ ।

मंगलबारको बैठकमा भने बाबुराम र महिन्द्र राय यादव दुईजनामात्र सांसद सहभागी छन् । कतिपय उपेन्द्रसँग असन्तुष्ट नेताहरु पर्ख र हेरको अवस्थामा छन् भने समानुपातिक सांसदहरुको पद उपेन्द्रले खोस्ने डरले खुल्न सकेका छैनन् ।

बाबुरामको पक्षमा जसपाका २० मध्ये १० जना सांसद रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर