एमाले छाडेको १५ वर्षपछि महिन्द्रले छाडे मधेसवाद, बाबुरामको बैठकमा सहभागी – Nepal Press

एमाले छाडेको १५ वर्षपछि महिन्द्रले छाडे मधेसवाद, बाबुरामको बैठकमा सहभागी

काठमाडौं । १५ वर्षअघि नेकपा एमाले छाडेर मधेशवादी राजनीतिमा होमिएका पूर्वमन्त्री महिन्द्रराय यादव अन्ततः महन्थ ठाकुर र उपेन्द्र यादवसँगको सहकार्य छाडेर बाबुराम भट्टराईतिर लागेका छन् ।

एमाले छाडेर तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा लागेका राय केही वर्षपछि सो पार्टी विभाजन गरेर अलग दलमा थिए । पछि पुनः एकीकरण गरेर राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलमा रहेका यादव राजपा र संघीय समाजवादी पार्टीको एकीकरणपछि जसपामा थिए ।

जसपाको विवादमा महन्थलाई छाडेर उपेन्द्रलाई साथ दिएका महिन्द्र राय पछिल्लो समय उपेन्द्रको विरोधमा रहेर बाबुरामलाई साथ दिइरहेका थिए । पार्टी विभाजनको औपचारिक प्रक्रिया सुरू हुँदा यादव बाबुरामले बोलाएको संघीय परिषद् बैठकमा सहभागी भएका छन् ।

पार्टीभित्रको विवादमा उपेन्द्रको विपक्षमा रहेका राजकिशोर यादव लगायतका नेता भने बाबुरामको बैठकमा सहभागी भएनन् । यसअघि नै उपेन्द्र विरोधी मोर्चा बनाएका इस्तियाक राई र प्रदीप यादव मन्त्री बनेपछि उपेन्द्रको पक्षमा उभिएका छन् ।

अब बाबुरामसँग तत्कालीन माओवादीबाट बाहिरिएपछि बनेको नयाँ शक्ति पार्टीको शक्तिसहित महिन्द्रराय यादव समूहको शक्ति थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर