धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्कासन अनुमति – Nepal Press

धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्कासन अनुमति

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्कासन अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । साधारण शेयर निष्कासनको लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा यसअघि नै तोकिसकेको छ ।

वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ नगरपालिका- २, श्रीनगर टोल, बाग्लुङमा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ ।

वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालय र २ वटा उपशाखा स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *