अब विदेशमा पढ्न गएका र जानेहरुले अनलाइनबाट नै पैसा पठाउन सक्ने – Nepal Press

अब विदेशमा पढ्न गएका र जानेहरुले अनलाइनबाट नै पैसा पठाउन सक्ने

काठमाडौं । एनएमबि बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ ।

यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्वभरका एक हजार ७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागि नेपालको एकमात्र बैंक भएको छ ।

नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियो । त्यसैगरी रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्कहरु सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पूरा गर्नुपर्ने बाध्यता थियो ।

हाल एनएमबि बैंक र फ्लाईवायरले सँगसँगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागि एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियुक्त सेवा प्रदान गर्दैछन् ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘फ्लाईवायरसँगको सहकार्यले हामी ग्राहकहरुको लागि विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्छौं । हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुको लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागि एकद्वार समाधानको स्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *