नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै नामिबिया, वसिरको डेब्यू – Nepal Press

नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै नामिबिया, वसिरको डेब्यू

काठमाडौं। विश्वकप लिग—२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले केही बेरमा नामिबियासँग खेल्दै छ ।

नेपाली समय अनुसार अपराह्न पौने ४ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यसअघि पहिलो खेलमा नामिबियाले स्कटल्यान्डसँग फराकिलो रन अन्तरको हार बेहोरेको थियो ।

१६ खेलबाट १५ अंक भएको नेपाल ७ टोली सहभागी प्रतियोगितामा ५ औँ स्थानमा रहेको छ । नामिबियाको १४ खेलबाट १४ अंक छ। वसिर अहमदले नामिबियाविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् ।

पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई बेन्चमा राखिएको छ ।

प्लेइङ ११- सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, आदिल अन्सरि, बसिर अहमद

सच्याएको- यसअघि नेपाल क्रिकेट संघ र क्रिक इन्फोले समेत नामिबियाले टस जितेर बलिङ रोजेको भनेर  लेखेकाले त्यसैलाई आधार मान्दा गल्ती हुन गएकामा क्षमा चाहन्छौँ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर