‘प्रेमगञ्ज’ को अफिसियल गीत सार्वजनिक (भिडिओसहित) – Nepal Press

‘प्रेमगञ्ज’ को अफिसियल गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं । भाद्र ३ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘प्रेमगञ्ज’ को आधिकारिक गीत सार्वजनिक भएको छ । पुरुषोत्तम ढुङ्गेलको शब्द र सङ्गीत रहेको उक्त भिडियोमा तेज गिरी, बेनिशा हमाल, राइडर प्रसान र सुप्रिया खनालको प्रस्तुति रहेको छ । भिडियोमा स्वर किरण भुसालले दिएका छन् ।

केही समयअगाडि यो चलचित्रको अर्को गीत ‘तरबार’ पनि साझा भएको थियो । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । फिल्मको लेखक पनि परिच्छेद नै हुन् । यो परिच्छेदको डेब्यु निर्देशकीय फिल्म हो ।

नेपाललगायत भारतका केही शहरमा एकसाथ प्रदर्शन हुने यो चलचित्रमा दुई जेनेरेसनको प्रेमकथा देख्न सकिनेछ । टिनएजरको प्रेमकथाका पात्रका रुपमा टिकटकर प्रसान श्रेष्ठ र सुप्रिया खनाल प्रस्तुत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *