विम्बल्डनः उपाधिका लागि रेवाकिना र जाबर भिड्दै – Nepal Press

विम्बल्डनः उपाधिका लागि रेवाकिना र जाबर भिड्दै

काठमाडौं । वर्षको तेस्रो ग्रान्डस्लामको विम्बल्डनको फाइनलमा महिला सिंगल्सतर्फ इलिना रेवाकिना र ओन्स जाबर भिड्दैछन् ।

सेन्ट्रल कोर्टमा हुने खेलमा यी दुईमध्ये जो विजेता बने पनि विम्बल्डनले आज नयाँ च्याम्पियन पाउनेछ ।

ट्युनिसियन जाबर विम्बल्डन जित्दै ग्रन्डस्लाम जित्ने पहिलो अफ्रिकी खेलाडी बन्ने लक्ष्यमा छिन् ।

काजाकिस्तानकी रेवाकिना देशका लागि पहिलो उपाधि जित्ने सोचमा छिन् ।

बिहीबार भएको सेमिफाइनलमा रेवाकिना सिमोना हालेफलाई पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन् । उनले सेमिफाइनलमा हालेफलाई ६-३ र ६-३ को सोझो सेटमा पराजित गरेकी थिइन् ।

यस्तै जावरले सेमिफाइनलमा मारियालाई ६-२, ३-६ र ६-१ को नतिजामा हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् । जावर पहिलोपटक ग्रान्डस्लाम फाइनल पुगेकी हुन् । उनी सन् १९६० पछि मुख्य प्रतियोगिताको फाइनल पुग्ने पहिलो अफ्रिकी महिला खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर