नेपाली युवा उद्यमी मञ्चको नयाँ कार्य समिति चयन, अध्यक्षमा रितेश लामिछाने – Nepal Press

नेपाली युवा उद्यमी मञ्चको नयाँ कार्य समिति चयन, अध्यक्षमा रितेश लामिछाने

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १८औँ वार्षिक साधारण काठमाडौंको नक्साल स्थित मेरिएट होटेलमा सम्पन्न भएको छ ।

निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबै जसो क्रियाकलापहरू आयोजना गरिएको थियो ।

साधारण सभामा सदस्यहरूको सञ्जाल, च्याप्टर सबलीकरण, संस्थाको गन्तव्य र तीन वटै तहका सरकारी निकायमा बलियो प्रभाव तथा समन्वय स्थापित गर्न रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले गरेका थिए । उक्त कार्यक्रममा मुख्य अतिथि प्रतिष्ठित उद्योगपति चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै सो अवसरमा नयाँ राष्ट्रिय परिषद्को समेत गठन गरियो ।

१८औँ वार्षिक साधारणले रितेश लामिछानेलाई अध्यक्ष बनाएको छ । सहारा जोशी– प्रथम उपाध्यक्ष, कुशल सुन्दर श्रेष्ठ – द्वितीय उपाध्यक्ष, निभिता प्रधान महिला उपाध्यक्ष, सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभपण ज्योति कंसाकारर पुनित वैद्य कार्यकारी सदस्य चयन भएका छन् ।

नयाँ कार्य समितिले युवा उद्यमीहरू बीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवर्द्धनमा जोड दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *