क्यानडा र नेपालबीचको दोस्रो एकदिवसीय खेल आज – Nepal Press

क्यानडा र नेपालबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडासँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । मंगलबार हुने तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरू हुनेछ ।

स्कटल्यान्डमा हुने आईसीसी पुरुष विश्वकप लिग-२ को तयारीका लागि नेपाली टिम क्यानडा भ्रमणमा रहेको छ । नेपालले यसअघि त्यहाँको स्थानीय क्लब ओन्टारियोसँग एक एकदिवसीय र एक टी-२० अभ्यास खेल खेलको थियो । दुवै खेलमा नेपालले सहज जित निकालेको थियो ।

क्यानाडाको सिरिजपश्चात नेपाली टिमले लिग-२ का लागि स्कटल्यान्ड भ्रमण गर्नेछ । नामिबिया सम्मिलित एकिवसीय श्रृङखला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा हुँनेछ ।

नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, आदिल अन्सरि, किसोर महत्तो, बसिर अहमद, विनोद भण्डारी, पवन सर्राफ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर