कप्तान सन्दीपले लंकन प्रिमियर लिग खेल्ने – Nepal Press

कप्तान सन्दीपले लंकन प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दमुल्ला जायन्ट्सबाट लंकन प्रिमियर लिग खेल्ने भएका छन् ।

जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई ४० हजार अमेरिकी डलर अर्थात् ५० लाख नेपाली रुपैयाँमा क्लब भित्र्याएको हो ।

लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए । यसमध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए ।

सन्दीपले हालसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै विश्वका धेरै ठूला फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर