पोचेटिनोले छोडे पीएसजी
नेपाल प्रेस
२०७९ असार २१ गते १६:५८
काठमाडौं । मुख्य प्रशिक्षक मौरिको पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छोडेका छन् ।
करिब १८ महिना क्लबको प्रशिक्षण सम्हालेका उनले मंगलबार राजीनामा दिएको बीबीसीले जनाएको छ । करिब एक महिना अगाडि नै उनले क्लब छोड्ने संकेत गरेका थिए ।
नाइस क्लबका पूर्वप्रशिक्षक क्रिस्टोफ ग्लाटियरले उनको स्थानमा पीएसजीलाई प्रशिक्षण दिने अपेक्षा गरिएको छ ।
पोचेटिनोको प्रशिक्षणकालमा पीएसजीले १०औं लिग वान उपाधि जितेको थियो । जुन उनको पहिलो लिग सफलता हो ।
प्रतिक्रिया