एरिक्सन म्यान्चेस्टर युनाइटेड जान सहमत – Nepal Press

एरिक्सन म्यान्चेस्टर युनाइटेड जान सहमत

काठमाडौं । ड्यानिस मिडफिल्डर क्रिस्टियन एरिक्सन फ्रि–ट्रान्सफरमा म्यान्चेस्टर युनाइटेड जान सहमत भएका छन् ।

उनको ब्रेन्टफोर्डसँग छोटो समयको सम्झौता गत महिना सकिएको थियो ।

युनाइटेडमा उनका लागि तीन वर्षको सम्झौता तयार गरिएको छ । ओल्ड ट्राफोर्डमा उनको स्वास्थ्य परीक्षण भने बाँकी नै छ ।

एरिक्सन यूनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन हागले समर ट्रान्सफरमर भित्र्याउन लागेका दोस्रो खेलाडी हुन् । यसअघि उनले जर्मन फुटबल क्लब फाइनोर्डका डिफेन्डर ट्रेयल मालाचियालाई भित्र्याएका थिए ।

मालाचियाको युनाइटेडमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

एरिक्सन सिरी ए क्लब इन्टस मिलानबाट रिलिज भएपछि जनवरिमा ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए ।

उनले युरो २०२२ का दौरान (आईसीडी)कार्डिक अरेस्ट भएपछि उनले इन्टार मिलान छोड्नु परेको थियो । किनकी आईसीडी हुने खेलाडीलाई सिरी एमा खेल्न रोक लडाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर