प्रिमियर लिगका खेलाडी बलात्कार आरोपमा पक्राउ – Nepal Press

प्रिमियर लिगका खेलाडी बलात्कार आरोपमा पक्राउ

काठमाडौं । प्रिमियर लिग र अन्तर्राष्ट्रिय फुटबल खेलाडी नर्थ लन्डनमा बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाम नखुलाइएका २९ वर्षीय खेलाडी सोमबार बिहान पक्राउ परेका हुन् । बीबीसीले उल्लेख गरेअनुसार उनलाई अहिले हिरासतमा राखिएको छ ।

उनीविरुद्ध जुलाई ४ मा २० वर्षीया एक महिलाले बलत्कार गरेको भन्दै प्रहरीमा रिपोर्ट गरेकी थिइन् । साउथ लन्डनको माहानगरीय पुलिसका अनुसार जुनमा बलात्कार भएको भन्दै उक्त महिलाले उजुरी दिएकी हुन् ।

हिरासतमा राखिएका खेलाडीमाथि उक्त घटनका बारेमा सोधपुछ भइरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर