कप्तान रेनुकाको सफल शल्यक्रिया – Nepal Press

कप्तान रेनुकाको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटेको सफल शल्यक्रिया भएको छ ।

एसियन कपको तयारीमा रहेकी रेनुका प्रशिक्षणको क्रममा सोमबार घाइते भएकी थिइन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणको दौरान घाइते भएकी रेनुकाको ‘क्लाभिकल फ्याक्चर’ अर्थात् घाँटी मुनिको हड्डी फ्याक्चर भएको थियो । उनको घाँटी मुनिको बायाँ हड्डी भाँचिएको थियो ।

त्यसपछि ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उनलाई उपचारका लागि लगिएको थियो । रेनुकाको आजै शल्यक्रिया भएको र सफल भएको उनको परिवारले जानकारी दिएका छन् ।

महिला टिमकी महत्त्वपूर्ण सदस्य रेनुकाले चोटका कारण महिला साफ च्याम्पियनसिप गुमाउनले सम्भावना उच्च रहेको छ ।

साफ भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर