कसले गर्‍यो ब्याडमिन्टन खेलाडी नवीन श्रेष्ठको मृत्यु भन्दै दुष्प्रचार ? – Nepal Press

कसले गर्‍यो ब्याडमिन्टन खेलाडी नवीन श्रेष्ठको मृत्यु भन्दै दुष्प्रचार ?

काठमाडौं। नेपाली ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी नवीन श्रेष्ठले सोमबार दिउँसो फेसबुकमा दिक्क मान्दै एउटा पोस्ट गरे जसमा लेखिएको थियो- कस्तो कस्तो मान्छे हुन्छ हो नबुझी पोस्ट गर्नु हतार । फेक न्युज।

खासमा नवीनको मृत्यु भएको भन्दै सामाजिक सञ्जालहरूमा समवेदनाहरू आइरहेका थिए। यसले उनलाई दुःखी बनाउनु अस्वाभाविक थिएन। त्यसभन्दा बढी सत्य कुरा थाहा नपाई भइरहेका हल्लाबारे उनी दिक्क देखिन्थे।

दिउँसो नेपाल ब्याडमिन्टन संघका सचिव नवीन विक्रम शाहले उक्त हल्ला निराधार भएको भन्दै त्यसबारे स्पष्ट पारे। त्यसमा लेखिएको थियो- राष्ट्रिय ब्याडमिन्टन खेलाडी नवीन श्रेष्ठको बारेमा आज फेसबुकमा पोस्ट भएको खबर गलत भएको जानकारी गराउँदछु । उसको अंकलको छोरा वैकुण्ठवास भएको हो उसको आत्माको चिर शान्तिको कामना गर्दै नवीन श्रेष्ठ सकुशल रहेको पनि सम्पूर्णमा जानकारी गराउँदछु ।धन्यवाद।

त्यही पोस्टमा नवीनले हाहा गर्दै धन्यवाद दाइ लेखेका छन्।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले खबरको राम्ररी जानकारी नलिई त्यस्तो पोस्ट नगर्न भन्दै अगाडी लेखेका छन् लभ यू नवीन। गड ब्लेस यू।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर