जिसस अब आर्सनलमा – Nepal Press

जिसस अब आर्सनलमा

लन्डन। ब्राजिलियन मिडफिल्डर गाब्रियल जिसस इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट आर्सनलमा स्थानान्तरण भएका छन्।

२५ वर्षीय जिसस म्यान सिटीमा साढे ५ वर्षपछि बसेपछि अर्को इङ्लिस प्रिमियर लिग क्लब आर्सनलमा आबद्ध भएका हुन्। म्यान सिटी वसाईमा जिससले ४ घरेलु लिगसहित ११ उपाधि जितेका थिए।

उनले क्लबका लागि २ सय ३६ खेलमा ९५ गोल गरेका थिए। ४६ गोलमा उनको असिस्ट रहेको थियो।

सन् २०१६ मा म्यान सिटीले ब्राजिलियन क्लब पाल्मैरासबाट जिससलाई भित्र्याएको थियो। सुरुका ११ खेलमा ७ गोल गरेका जिसस बारम्बार चोटबाट प्रभावित रहेका थिए। जिससले म्यान सिटिका लागि खेल्नु आनन्दपूर्ण रहेको बताएका छन्। म्यान सिटी भित्रिएपछि आफु अझ राम्रो बनेको उनको बुझाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर