नागरिक लगानी कोषको बचत वृद्धि अवकास योजना कर्पोरेट पे बाट – Nepal Press

नागरिक लगानी कोषको बचत वृद्धि अवकास योजना कर्पोरेट पे बाट

काठमाडौं । नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाबाट गर्न पाउने भएका छन् । कुनै पनि बैंक शाखाहरु वा कर्पोरेट पे प्रणाली मार्फत कारोबार गर्न सकिने गरी सेवाको थालनी गरेको छ ।

जस अन्तर्गत संघ–संस्थाहरुले संयुक्तरुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टलमार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी गर्न सक्दछन् । यसरी २० लाखसम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोडसम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।

बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकहरुले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्थामार्फत सो रकम जम्मा गर्न सक्दछन् । साथै संघ–संस्था आफैंले पनि कर्पोरेटपे मार्फत उक्त भुक्तानी खाताबाटै गर्न सक्दछन् । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ ।

यसरी बैंक शाखा तथा कर्पोरेट पे मार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सक्ने छन् । कोषका ३ लाखभन्दा बढी ग्राहकहरुलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

नागरिक लगानी कोषले एनसीएचएलका कनेक्ट आइपीएस तथा सदस्य बैंक वित्तीय संस्थाका शाखा र मोबाईल बैंकिङ्ग लगायतका प्रणाली मार्फत कोषको कर्मचारी बचत वृद्धी अवकाश कोषको ८० प्रतिशतकर्जा भुक्तानीको रकम संकलन गर्दै आएको छ । भने, उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्ने गरी एनसीएचएलका विभिन्न प्रणालीहरुको प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *