कर्णाली प्रदेश सरकारले असार २८ सम्म भुक्तानी दिने – Nepal Press

कर्णाली प्रदेश सरकारले असार २८ सम्म भुक्तानी दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका आयोजनाहरूमा भएको कामहरूको भुक्तानी असार २८ गतेसम्म दिने भएको छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालय सुर्खेतले जारी गरेको सूचना अनुसार कर्णाली प्रदेश सरकारमार्फत कार्यान्वयन भएका आयोजनाहरूमा विनियोजित बजेटको भुक्तानी २८ गते सम्म दिन परिपत्र गरिएको हो ।

कर्णाली प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ३४ क मा साल तमाम हुनुभन्दा कम्तीमा तीन दिन अगाडी नै सम्बन्धित कार्यालयले भुक्तानी दिनुपर्ने रकम भुक्तानी दिई आर्थिक कारोबार बन्द गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *