युनाईटेड छाेड्ने राेनाल्डाेकाे चाहाना
काठमाडाैं। म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कुनै क्लबले राम्रो प्रस्ताव गरे युनाईटेड छाेड्ने चाहाना व्यक्त गरेका छन् । बिबिसीले उल्लेख गरे अनुसार उनले कुनै क्लबकाे राम्राे प्रस्ताव आए आफूलाई विदा गर्न क्लबलाई आग्रह गरेका छन्।
उनी यहि समर ट्रान्सफरमा म्यान युनाइटेड छाड्ने मनस्थितिमा रहेका छन्। ३७ वर्षीय पोर्चुगिज रोनाल्डो गत सिजन मात्र म्यान युनाइटेड भित्रिएका हुन्। तर पहिलो सिजनमै म्यान युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा समेत छनोट हुन नसकेपछि रोनाल्डो खुसी छैनन्।
उनी गत सिजन म्यान युनाइटेडका सर्वाधिक गोलकर्ता थिए भने प्रिमियर लिगमा पनि तेस्रो सर्वाधिक गोलकर्ता बनेका थिए। यसअघि सन् २००४ देखि २००९ सम्म म्यान युनाइटेडमा रहेका रोनाल्डोले त्यतिबेला पहिलोपटक फिफा वर्ष खेलाडी बनेका थिए।
म्यान युनाइटेडसँग दुई वर्षको सम्झौता गरेकाले उनले चाहेमा क्लब छाड्न सक्ने अवस्था छैन। तर करियरमै पहिलोपटक युरोपा लिग खेल्नुपर्ने भएपछि उनी अन्य क्लब जाने विचारमा देखिएका हुन्। बिबिसीका अनुसार म्यान युनाइटेडले यो सिजन विक्री गर्ने खेलाडीको सूचीमा रोनाल्डो छैनन्।