नाडाल विम्बलडनको तेस्राे चरणमा – Nepal Press

नाडाल विम्बलडनको तेस्राे चरणमा

काठमाडौं । कीर्तिमान २२औं पटकका ग्रान्डस्लाम विजेता राफेल नाडाल विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहिवार सेन्टर कोर्टमा सम्पन्न खेलमा रिकार्डस बेरानकिसलाई पराजित गर्दै नाडालले तेस्रो चरणामा स्थान पक्का गरेका हुन् ।

पहिलो सेट र दोस्रो सेटमा ६-४, ६-४ को जित निकालेका नाडालले तेस्रो सेट ४-६ ले गुमाए । चौथो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै नाडालले अघिल्लो चरणमा स्थान बनाए ।

चौथो चरणमा नाडालले इटालियन खेलाडी लोरेन्जो सोनेगोको सामना गर्नेछन् । लोरेन्जोले दोस्रो चरणमा हुगो गास्टन लाई ७-६(७-४), ६-४, ६-४ को नतिजामा पराजित गर्दै तेस्रो चरणमा नाडालसँगको भेट पक्का गरेका थिए ।

अस्ट्रेलियन ओपन र फेन्च ओपनका विजेता नाडालको यो ग्रान्ड स्लाममा लगातार १६औ जित हो । खुट्टाको चोटका कारण नाडालले प्रशिक्षणका लागि थोरै समय मात्र पाएका थिए ।

नाडाल २२औं पटकका ग्रान्ड स्लाम विजेता हुन् । विश्व नम्बर एक नोकाभ जोकोभिच र रोजर फेडेररको समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर