राप्रपाले पायाे अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्यता – Nepal Press

राप्रपाले पायाे अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्यता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आईडीयू)को पूर्ण सदस्य बनेको छ ।

यसअघि नेपालबाट राप्रपा आईडीयू फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आएको थियो । राप्रपाले झन्डै डेढ दशकपछि आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेको हो ।

जर्मनको बर्लिन शहरमा जुन २६ देखि २९ सम्म चलेको आईडीयूको फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको हो । बैठकमा राप्रपाका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आईडीयूका अध्यक्ष एवं क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्परबाट पूर्ण सदस्यता प्रमाणपत्र ग्रहण गरेका छन् ।

विश्वभरिका ८४ देशका राजनीतिक दलले आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेका छन् । ६५ देशका राजनीतिक दलहरू आमन्त्रित छन् ।

बर्लिनमै भएको अन्तर्राष्ट्रिय डेमोक्रेटिक युवा युनियनको बैठकमा राप्रपाका केन्द्रीय सदस्य तथा आईवाईडीयूका उपाध्यक्ष हिक्मतजङ्ग कार्की सहभागी भएका छन् ।

आईडीयू फोरम बैठकका क्रममा युरोप पुगेका उपाध्यक्ष गुरुङ जर्मनी, नेदरल्यान्डस्, अष्ट्रिया, बेल्जियम र स्वीटजरल्याण्डमा हुने पार्टी निकट प्रवासी नेपाली एकता समाजको विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर