एसईईमा सहभागी विद्यार्थीहरुकाे फुटसल र बास्केटबल प्रतियोगिता हुने – Nepal Press

एसईईमा सहभागी विद्यार्थीहरुकाे फुटसल र बास्केटबल प्रतियोगिता हुने

काठमाडौं । काठमाडौंको कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजले एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता गर्ने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता यही असार १६ देखि १८ गतेसम्म युनिग्लोब सेकेन्डरी स्कुल/कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केट बलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

फुटसलको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

फुटसलतर्फ ६४ वटा टीम र बास्केटबल पुरुषतर्फ ३२ वटा टीम र बास्केटबल महिलातर्फ १६ वटा टीम सहभागी हुनेछन् ।

कमलादीस्थित युनिग्लोब कलेजमा आज पत्रकार सम्मेलन गरी सम्पूर्ण टीमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।

उक्त खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीहरुमात्र सहभागी हुन सक्नेछन् भने सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर