विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् सेरेना – Nepal Press

विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् सेरेना

काठमाडौं । सर्वाधिक २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स हार्मोनी तानसँग पराजित हुँदै विम्बल्डनको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

मंगलबार राति सेन्टर कोर्टमा सम्पन्न खेलमा तानले सेरेनाको सामना गर्नुअघि निकै डर लागेको प्रतिक्रिया दिएकी छन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्यो । तानले सेरेनाविरुद्ध ७-५, १-६ र ७-६ (१०-७) को जीत निकाल्दै दोस्रो चरणमा स्थान बनाइन् ।

तानले अब ३२औं वरियताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले पहिलो चरणमा क्रिस्टिना म्याकहेलमाथि ६-२ र ६-१ को सहज जीत निकालेकी थिइन् ।

एकवर्षअघि त्यसै कोर्टमा घाइते भएकी सेरेना आफ्नो ग्रान्डस्लाम उपाघि २४ बनाउन नयाँ जोसका साथ पुनः एक वर्षपछि कोर्टमा उत्रिएकी थिइन् । तर, तानसँगको हारले उनको सपनामा पूर्णविराम लागेको छ ।

विम्बल्डन ४० वर्षीय सेरेनाको अन्तिम ग्रान्डस्लाम पनि हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर