एएफसी एलिट महिला रेफ्रि र सहायक रेफ्रि प्यानलमा अन्जना समावेश
नेपाल प्रेस
२०७९ असार १३ गते १३:०१
काठमाडौं । फिफा रेफ्रि अन्जना राई एएफसी एलिट महिला रेफ्रि र सहायक रेफ्रि प्यानल २०२२ मा समावेश भएकी छन् ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारी अनुसार अन्जना एएफसीको महिला रेफ्रि र सहायक रेफ्रिको छनोट प्रक्रिया पूरा गरेर उक्त प्यानलमा समावेश भएकी हुन् ।
शुक्रबार एएफसीले उनको समावेश सम्बन्धी पत्र एन्फालाई पठाएको थियो ।
उनलाई समावेश गर्नुको अर्थ राईले एएफसी एलिट रेफ्रि तयारी कोर्समा भाग लिनेछिन् । उक्त कोर्स नोभेम्बरमा हुने तालिका रहेको छ । राईले सन् २०२१ मा फिफ रेफ्रि ब्याज पाएकी थिइन् ।
प्रतिक्रिया