नेकोसले रेडबल क्रिकेट फेस्टिभल आयोजना गर्ने
काठमाडौं। नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोस रेडबल क्रिकेट फेस्टिभल’ आयोजना गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै नेकोसले नेपाली क्रिकेटलाई अझमाथि उठाउनका लागि र क्रिकेट खेललाई प्राथमिकता दिलाउन सरकार सँग पहल गर्ने साथै क्रिकेटका विभिन्न कार्यक्रम यस फेस्टिभलमा आयोजना गर्ने जानकारी दिएको छ ।
यस फेस्टिभलमा दुई दिवसीय क्रिकेट प्रतियोगिता, अम्पायर तथा प्रशिक्षक सेमिनार, महिला क्रिकेट प्रतियोगिता लगायत विभिन्न ६ कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) सँग समन्वय गरी आर्थिक वर्ष २०७९र८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा समावेश गरी यस फेस्टिभललाई सञ्चालन गर्ने नेकोसका अध्यक्ष बिप्लभ घोषले बताए ।
उनले नेपाली खेलाडीमा लामो फर्म्याटको क्रिकेट खेल्ने बानी नभएको र त्यसलाई ग्रासरुटबाट नै राम्रो बनाउँदै लग्नका लागि र खेलाडी उत्पादनमा मुख्य लक्ष्य राखेर विभिन्न प्रतियोगिता आयोजना गर्न लागेको जनकारी दिए ।
फेस्टिभलका लागि नेकोसले क्यानसँग समन्वय गरेर चाँडै तालिका सार्वजनिक गर्नै जनाएको छ ।