नेपाल–क्यानाडा सिरिज र लिग-२ का लागि नेपाली टीमको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानाडामा हुने बाईलाट्रल सिरिज र स्कटल्यान्डमा हुने लिग–२ का खेलका लागि नेपाली टीमको घोषणा गरेको छ ।
अमेरिकामा भएको सिरिजका दुई खेलाडी परिवर्तन गर्दै क्यानले आईतबार टीमको घाषणा गरेको हो ।
क्यानले सुनिल धमला र सागर ढकाललाई टीमबाट हटाउँदै पवन सर्राफ र बासिर अहमदलाई टीममा समावेश गरेको छ ।
क्यानाडामा नेपाली टीमले जुलाई एकमा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ भने जुलाई ४ र ५ मा क्यानाडासँग एकदिवसीय खेल खेल्नेछ ।
त्यसपछि, नेपाली टीमले नामिबिया सम्मिलित एकदिवसीय शृङखला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा खेल्नेछ ।
नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङखलाका लागि स्कटल्यान्ड भ्रमण गर्नुअघि त्यसको तयारीस्वरुप क्यानाडासँगको सिरिज खेल्न लागेको हो ।
नेपाली टिमः
सन्दीप लामिछाने(कप्तान), रोहित पौडेल, दिपेन्दसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, आरिफ शेख, सोमपाल कामी, करण केसी, बासिर अहमद, पवन सर्राफ, विनोद भण्डारी, आदिल अन्सरि, किसोर महत्तो