नेपाल-क्यानाडा सिरिजको खेल तालिका परिवर्तन
काठमाडौं । नेपाली क्रिकेट टीमले क्यानाडासँग खेल्ने तय भएको टी–२० र एकदिवसिय खेलको तालिका परिवर्तन भएको छ ।
यसअघि दुई खेलको एकदिवसीय र दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्ने तय भएपनि समयमा भिसा नआउँदा नपाली टीमले अब दुई खेलको एकदिवसीय र एउटा अभ्यास खेल खेल्नेछ ।
आईतबार नेपाल क्रिकेट संघ (क्यान)ले दिएको जानकारी अनुसार नेपाली टीमले जुलाई एक मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ भने जुलाई ४ र ५ मा क्यानाडासँग एकदिवसीय खेल खेल्नेछ ।
नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ अन्र्तगत त्रिदेशीय एकदिवसीय शृङखलाका लागि स्कटल्यान्ड भ्रमण गर्नुअघि त्यसको तयारिस्वरुप क्यानाडासँगको सिरिज खेल्न लागेको हो ।
नेपालले नामिबिया सम्मिलित एकदिवसीय शृङखला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा खेल्नेछ ।