हङकङलाई पराजित गर्दै मलेसिया एसीसी महिला टी- २० च्याम्पियनसिपको फाइनलमा
नेपाल प्रेस
२०७९ असार १० गते १६:५९
काठमाडौं । हङकङलाई १२ रनले पराजित गर्दै घरेलु टिम मलेसिया एसीसी महिला टी–२० च्याम्पियनसिपको फाइनल पुगेको छ ।
फाइनल पुगेसँगै मलेसियाले एसिया कपमा स्थान बनाएको छ ।
किनरारा ओभल एकेडेमीमा टस जितेर पहिला बलिङ गरेको हङकङलाई मलेसियाले ८७ रनको लक्ष्य दिएको थियो ।
मलेसियाले दिएको विजयी लक्ष्य पछ्याएको हङकङ निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै ७४ रनमा सीमित भयो ।
वर्षाका कारण यसअघिको सेमिफाइनल खेल पुरा हुन नसक्दा नेपाल बाहिरिँदै यूएईले फाइनलमा स्थान बनाएको थियो ।
यस्तै, फाइनल पुग्ने दुवै टिमले एसिया कपमा स्थान बनाएका छन् ।
यूएई र मलेसियाबीचको फाइनल खेल शनिवार हुनेछ ।
प्रतिक्रिया