१३ अंकले बढ्यो बजार, १ अर्ब १५ करोड कारोबार
नेपाल प्रेस
२०७९ असार १० गते १३:४१
काठमाडौँ । आज सेयर बजार १३.७८ अंकले बढेको छ । ०.७५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६२.०६ अंकमा पुगेको हो ।
१ अर्ब १५ करोड १२ लाखभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २३ वटा कम्पनीका ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर खरिदबिक्री भएको हो ।
आज न्यादी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै बढेको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।
कुमारी बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो बैंकको आज ८ करोड ६३ लाख १२ भन्दा धेरैको सेयर कारोबार भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर