स्विमिङ पुलभित्रै बेहोस भइन् अमेरिकी पौडीबाज
काठमाडौं । विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दागर्दै अमेरिकी पौडीबाज अनिता अल्भारेज स्विमिङ पुलभित्रै बेहोश भएकी छन् ।
सिङ्क्रोनाइज विधाकी पौडीबाज अल्भारेज महिला एकल फ्री इभेन्टको फाइनलमा प्रतिस्पर्धा गर्दागर्दै बेहोश भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटना बुधबारको हो । बेहोश भएकी अल्भारेजलाई उनकै प्रशिक्षकले उद्दार गरेकी थिइन् । स्विमिङ पुलबाट निकालिएलगत्तै होशमा आएकी पौडीबाजको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जनाइएको छ ।
सिङ्क्रोनाइज पौडी विधामा पौडीबाजहरुले करिब १ मिनेटसम्म पानीभित्र सास रोक्न पर्ने हुनसक्छ । सोही कारणले अल्भारेज बेहोश भएको जनाइएको छ ।