शेयर बजारमा हरियाली, ३७ अंकले वृद्धि – Nepal Press

शेयर बजारमा हरियाली, ३७ अंकले वृद्धि

काठमाडौं । लामो समयपछि शेयर बजारमा हरियाली छाएको छ । आज ३७.४९ अंकले बजार वृद्धि भएको हो । १.९९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९२२.३० अंकमा पुगेको छ ।

एक अर्ब २३ करोड ८५ लाख १८ हजार रुपैयाँभन्दा धेरैको शेयर खरिदबिक्री भएको छ । २३१ वटा कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर कारोबार भएको छ ।

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सबैभन्दा धेरै शेयर मूल्यवृद्धि भएको छ । यी दुई कम्पनीको आज ९.९९/९.९९ प्रतिशत शेयर मूल्यवृद्धि भएको हो ।

एनटीसीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । सो कम्पनीको आज ११ करोड ७२ लाख ९२ हजार रुपैयाँभन्दा धेरै शेयर कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *