एन्फा अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङले भने- अब बिग्रिएका सबै सम्बन्ध सुधार गर्छु – Nepal Press

एन्फा अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङले भने- अब बिग्रिएका सबै सम्बन्ध सुधार गर्छु

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङले अब बिग्रिएका सबै सम्बन्धहरु सुधार गर्ने बताएका छन्।

सोमबार राति खेल पत्रकाररुसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले सबैसँगको सम्बन्ध सुधारमा लाग्ने बताएका हुन् । उनले भने,‘ क्लब, जिल्लाहरुसँग एन्फाको सम्बन्ध राम्रो छैन। खेलाडीसँगको सम्बन्ध पनि बिग्रिएको छ। फिफा र एएफसीसँगको सम्बन्ध पनि सुधार गर्नु छ।’

उनले खेलाडी विवादबारे नयाँ कार्यसमितीको पहिलो बैठकमै छलफल हुने बताए।

उनले भने, ‘छानबिन समितिले प्रतिवेदन दिइसकेको छ अब पहिलो बैठकबाटै त्यसको कार्यन्वयन अगाडि बढ्छ। चाँडै विवाद समाधान हुन्छ।’

नेम्वाङले कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्ष बनेका हुन्।

निर्वाचिनमा कोही पनि पराजित नभएको बताउँदै नेम्वाङले निर्वाचित हुन नसकेकाहरु उपविजयी भएको बताए। आफ्नो कार्यकालमा नेपाललाई साफ च्याम्पियन बनाउने लक्ष्य रहेको पनि उनले सुनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर