एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित – Nepal Press

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भएका छन् ।

सोमबार पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्मा छिरिङ शेर्पालाई ६ मत अन्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५मत ल्याउँदा शेर्पा ३९ मतमा पाए ।

चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए ।

पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

अध्यक्षका अर्का प्रत्याशी राजीव पौडेलले एक मत पनि पाएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर