पुँजी बजारका समस्या र आन्दोलनप्रति एमाले अध्यक्ष ओलीको चासो – Nepal Press

पुँजी बजारका समस्या र आन्दोलनप्रति एमाले अध्यक्ष ओलीको चासो

काठमाडौं । शेयर मार्केट (पुँजी बजार) निरन्तर ओरालो लागेपछि केही लगानीकर्ता अनसन, आन्दोलनमा उत्रिएका बेला स्वतन्त्र लगानीकर्ताहरूले प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।

नेपालको पुँजीबजारमा विद्यमान समस्याहरूको निवारण पहलको निम्ति स्वतन्त्र पुँजीबजार सुधार संघको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै गएर समस्याहरूको बारेमा ध्यानाकर्षण गराएको हो ।

संघको तर्फबाट अध्यक्ष सुशील लुनिया, संरक्षक उपेन्द्र पाठक, संघका उपसचिव शिरीष आचार्य तथा युवा लगानीकर्ता सरोज लामिछानेलगायतले अध्यक्ष ओलीलाई पुँजीबजारमा हालको आन्दोलन सहित आमरण अनसन लगायतका सम्पूर्ण वस्तुस्थितिका बारेमा जानकारी गराएको छन् ।

सो भेटमा अध्यक्ष ओलीले हाल देशको आर्थिक अवस्थामा परेको गम्भीर सकंट र त्यसले पुँजीबजारमा परेको प्रत्यक्ष असरप्रति आफू गम्भीर रहेको भन्दै लगानीकर्तालाई परेको समस्याबारे चिन्ता व्यक्त गरेका थिए ।

विपक्षी नेता ओलीले यस विषयमा आफूले सरकार लगायत अन्य निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लगानीकर्ताले राष्ट्र बैङ्कका गभर्नरसँग पनि कुरा गर्न आग्रह गरेका छन् ।

भेटमा नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग तथा राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष बचन बहादुर सिंहले समेत हाल भइरहेको अन्दोलन र आमरण अनसन प्रति चासो राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *