दुई खेलमा ५/५ विकेट लिएपछि करनले सोमपाललाई उछिने, सन्दीप मात्र अगाडि – Nepal Press

दुई खेलमा ५/५ विकेट लिएपछि करनले सोमपाललाई उछिने, सन्दीप मात्र अगाडि

काठमाडौं । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा करन केसी नेपालका लागि सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

करनले अमेरिकमा जारी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा बुधबार सम्पन्न ओमनविरुद्धको खेलमा पाँच विकेट लिएपछि सोमपाल कामीलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्।

करनले २१ खेलमा ३७ विकेट लिएका छन्। सोमपालले २१ खेलमा ३४ विकेट हात पारेका छन्। नेपालका लागि सर्वाधिक विकेट लिने बलर भने सन्दीप लामिछाने हुन्। लामिछानेले २५ खेलमा ५६ विकेट हात पारेका छन्।

जारी शृंखलामा सोमपालले दुई र सन्दीपले ६ विकेट लिएका छन्। करनले जारी शृंखलामा ओमानविरुद्धका दुवै खेलमा ५/५ विकेट लिएका हुन्। अमेरिकाविरुद्धको खेलमा भने विकेट लिन सकेका थिएनन्।

करनले आफ्नो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट करियरमा तीनपटक ४ विकेट र दुईपटक कम्तिमा ५ विकेट लिएका छन्। सन्दीपले ४ पटक चार विकेट र दुईपटक कम्तिमा पाँच विकेट हात पारेका छन्। सोमपालले भने एक एकपटक चार विकेट र कम्तिमा पाँच विकेट हात पारेका छन्।

यी खेलमा बलिङ इकोनोमी सन्दिपको ३.९५, करनको ४.८३ र सोमपालको ४.९२ प्रति ओभर रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर