राखेप सदस्य सचिव घिसिङले गरे कबड्डी टोलीको बिदाइ – Nepal Press

राखेप सदस्य सचिव घिसिङले गरे कबड्डी टोलीको बिदाइ

काठमाडौं। १९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले शुभकामनासहित बिदाइ गरेका छन् ।

बिदाइ गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रक्रिया भएको बताए । उनले यो प्रशिक्षण ९औं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभए पनि खेलाडीहरूको स्तर वृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।

सदस्य सचिव घिसिङले खेलाडीहरूलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर वृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए ।

राष्ट्रिय खेलकुद परिषद्ले १९ औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्नेछ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक सोमबार प्रशिक्षण स्थलतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर