आईसीसी विश्वकप लिग-२ मा ओमानको अन्तिम खेलः नेपालसँग भिड्दै – Nepal Press

आईसीसी विश्वकप लिग-२ मा ओमानको अन्तिम खेलः नेपालसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्र्तगत त्रिदेशीय शृङखलाको तेस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ ।
अमेरिकामा जारी शृङखलामा ओमानले नेपालसँग खेल्दै लिग–२मा आफ्नो ३६ वटै खेल सक्ने पहिलो टीम बन्नेछ ।

शिर्ष स्थानको ओमान नेपालसँग जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । यस्तै, शृङखलामा जितबिहिन रहेको नेपाल पनि आफ्नो पहिलो जित दर्ता गर्दै तालिकामा दुई अंक जोड्न चाहान्छ ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सुरु हुनेछ । शृङखलाको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । घरेलु टीम अमेरिका सँगको दोस्रो खेल भने नाटकीय रुपमा टाई भएको थियो ।

ओमान ३५ खेलमा २१ जित र १२ हारको नतिजा सहित ४४ अंक जोडेर तालिकाको शिर्ष स्थानमा छ । नेपाल ३६ मध्य १४ खेल खेल्दै ६ जित र आठ हारको नतिजासहित छठौं स्थानमा छ । अमेरिका २३ खेलमा १० जित १२ हारका साथ २१ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर