मध्यरातमा पूर्वनासुले बजेट चलाएको भन्दै सदनमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ) – Nepal Press

मध्यरातमा पूर्वनासुले बजेट चलाएको भन्दै सदनमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

काठमाडौं । बजेट निर्माणको क्रममा रातारात ‘खेताला विज्ञ’ ल्याएर करको दर परिवर्तन गरिएको भन्दै सदनमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको समाचार उल्लेख गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो ।

बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । उनले यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *