भैरहवा नाकामा रोकिएका डेढ सयभन्दा बढी ट्याङकर आज भित्रिने – Nepal Press

भैरहवा नाकामा रोकिएका डेढ सयभन्दा बढी ट्याङकर आज भित्रिने

रुपन्देही । भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा तीन दिनदेखि सीमापारि रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्याङकर आज नेपाल आउने भएका छन् ।

भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भने पनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात शनिबारदेखि रोकिएको थियो । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि ल्याइएको पेट्रोलियम पदार्थ सीमामा रोकिएको नेपाल आयल निगमको भलबारी डिपोले जनाएको छ ।

भारतीय भन्सारले नै सिस्टम अपडेट नगरिदिँदा शुक्रबारदेखि नेपालमा कुनै पनि पेट्रोलियम ट्याङकर आउन नसकेको र आज कार्यालय खुलेपछि केही समयमा आउने नेपाल आयल निगम भलबारी डिपोका प्रमुख नवविनोद पोखरेलले बताए ।

‘भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नुपर्छ, शूक्रबारदेखि लागू भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड राख्न ढिलापछि समस्या आएको हो, अब केही समयमा खुल्ने सूचना पाएका छौं’, उनले भने ।

भैरहवा भन्सार हुँदै दैनिक ४०-५० वटा टयाङकर आउने गरेकोमा शनिबार र आइतबार कुनै पनि नआएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *