अमेरिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल: टिममा तीन परिवर्तन – Nepal Press

अमेरिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल: टिममा तीन परिवर्तन

काठमाडौं । आईसीसी लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

ह्उस्टनस्थित मोसा क्रिकेट स्टेडियममा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा तीन परिवर्तन गरेको छ ।

सुनिल धमला, सुवास खकुरेल र विनोद भण्डारीलाई बेन्चमा राख्दै, ओपनर द्वय कुशल भुर्तेल, आसिफ शेख र आदिल अलमा अन्सरिलाई टिममा समावेश गरिएको छ ।

अमेरिकामा जारी त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ–११

कुशल भुर्तेल, आसिफ शेख, रोहिल पौडेल, देव खनाल, दिपेन्द्रसिँह ऐरी, सोमपाल कामी, करण केसी, आदिल अन्सरि, सुसन भारि, सन्दीप लामिछाने, आरिफ शेख

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर