‘कन्जरभेटरशिप’ बाट छुटेको ७ महिनामा ब्रिट्नी स्पियर्सले गरिन बिहे – Nepal Press

‘कन्जरभेटरशिप’ बाट छुटेको ७ महिनामा ब्रिट्नी स्पियर्सले गरिन बिहे

काठमाडौं । अमेरिकी गायिका तथा मोडल ब्रिट्नी स्पियर्सले ‘कन्जरभेटरशिप’ बाट छुटेको ७ महिनामा आफ्ना प्रेमी स्याम अस्घारीसँग बिहे गरेकी छिन् ।

अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीका अनुसार ब्रिट्नी बिहीबार आफ्ना नजिकका केही इष्टमित्रहरुको सहभागितामा प्रेमी स्यामसँग वैवाहिक सम्बन्धमा बाधिएकी हुन् ।

बिहेको केही समय अगाडि उनका पूर्व पती जेसन एल्कजेन्डरले उनको घर ‘गेटक्र्यास’ गर्न खोजेको र उनलाई प्रहरीले पक्राउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । ब्रिट्नी र जेसनले सन् २००४ मा बिहे गरेका थिए । उनीहरुको वैवाहिक सम्बन्ध मात्र ५५ घण्टा टिकेको थियो । ४० वर्षिया गायिका ब्रिट्नीले गत वर्षमात्र ‘कन्जरभेटरशिप’ को कारण आफूले विवाह गर्न पाउने र सन्तान प्राप्त गर्न पाउने अधिकार समेत हनन भएको बताएकी थिइन् । उनी विगत १३ वर्ष देखी ‘कन्जरभेटरशिप’ मा थिइन् ।

अमेरिकी कानुन अनुसार आफ्नो व्यक्तिगत निर्णय आँफै लिन नसक्ने अवस्थाका वयस्क व्यक्तीहरुलाई कुनै संस्था वा विशेष गरी सोही व्यक्तीको परिवारका सदस्यहरुलाई उक्त व्यक्तीको तर्फबाट निर्णय लिनका लागि चुनिने प्रावधान रहेको छ जसलाई ‘कन्जरभेटरशिप’ भनेर भन्ने गरिन्छ भने विगत लामो समय देखी ब्रिट्नी सोही कन्जरभेटरशिप प्रावधानमा थिइन् ।

उनका पितालाई नै उनको कन्जरभेटरको रुपमा नियुक्त गरिएको थियो । ‘कन्जरभेटरशिप’मा रहेका व्यक्तीले आफूले कुनै पनि व्यक्तिगत निर्णय लिन पाउँदैन् भने आफ्नै धन सम्पत्तिमा पनि उनिहरुको हक हुँदैन । ब्रिट्नीले बेला बेलामा आफू कन्जरभेटरशिपको कारण यातना झेल्न बाध्य भएको बताउँदै आएकी थिइन भने उनका समर्थकहरुले ‘ह्यासट्याग फ्री ब्रिट्नी’ नामक अभियानसमेत चलाउँदै आएका थिए । लागूपदार्थ सेवन , तथा मानसिक अवस्था ठीक नभएको लागयतका कारण देखाउँदै उनलाई ‘कन्जरभेटरशिप’ मा राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *