खुला तेक्वान्दो भोलिदेखि – Nepal Press

खुला तेक्वान्दो भोलिदेखि

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ग्योरोगीको पुरुषमा १३ तथा महिलामा ११ गरी जम्मा २४ स्पर्धा छन् । पुम्सेमा विभिन्न उमेरसमूहमा पुरुष÷महिलामा ३(३ गरी ६ एकल स्पर्धा समावेश छन् ।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

ग्योरोगी र पुम्सेमा उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार दिइनेछ । दुई दिने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित आयोजक डोजाङको आफ्नै हलमा खेलाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर