झापा फुटबल क्लबका खेलाडीलाई झापा गोल्ड कपले सम्मान गर्ने – Nepal Press

झापा फुटबल क्लबका खेलाडीलाई झापा गोल्ड कपले सम्मान गर्ने

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ ।

जिल्लामा एक विशेष कार्यक्रमको आयोजना गरी क्लबका खेलाडी तथा अफिसियल २८ जनालाई जनही ११ हजार रुपैयाँ प्रदान गरिने भएको हो ।

क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिने गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए । जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै ‘बी’ डिभिजनमा बढुवा भएको थियो । खेलाडीलाई प्रोत्साहन गर्न झापा गोल्ड कपले पुरस्कृत गर्ने निर्णय गरेको उनको भनाइ छ ।

स्वयम्भु फुटबल क्लबलाई लिगको अन्तिम खेलमा ४–२ ले पराजित गर्दै झापाले ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको थियो । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर