धेरैपछि सेयरमा हरियाली, नेप्से ६२ अंकले वृद्धि – Nepal Press

धेरैपछि सेयरमा हरियाली, नेप्से ६२ अंकले वृद्धि

काठमाडौं । निरन्तर घटिरहेको सेयर बजार आज भने बढेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ४ सदस्यीय सेयर बजार सुधार सुझाव समिति गठन गरेकै दिन सेयर बजारमा हरियाली छाउँदा धेरैले यसलाई सकारात्मक सुरूवातको संज्ञा दिएका छन् ।

आज नेप्से परिसूचक ६०.२२ अंकले वृद्धि भयो । २.९८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८०.४४ अंकमा पुगेको छ ।

१ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २ सय ३१ वटा कम्पनीका ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उपकार लघुवित्त र सामुदायिक लघुवित्तको १०/१० प्रतिशत सेयर मूल्य वृद्धि भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ५ करोड १२ लाख ४० हजार ३ सय रूपैयाँ बराबरको कारोबार भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *