आसिफ र कुशल घाइते भएपछि अमेरिका बोलाइए विकेटकिपर सुवास खकुरेल – Nepal Press

आसिफ र कुशल घाइते भएपछि अमेरिका बोलाइए विकेटकिपर सुवास खकुरेल

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीका दुवै ओपनर ब्याट्सम्यान घाइते भएपछि विकेटकिपर सुवास खकुरेललाई अमेरिका पठाइने भएको छ ।

नेपाल क्रिकेट संघ-क्यानले खकुरेललाई अमेरिका पठाउन लागिएको जनाएको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख घाइते छन् ।

शेख विकेटकिपर पनि हुन् । जुन ९ तारिखमा हुने खेलका लागि दुवै खेलाडी उपलब्ध हुने नहुने निश्चित छैन ।

अमेरिकामा हुन लागेको यो शृङ्खलामा नेपाल र घरेलु टोलीसहित ओमान पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर