पपस्टार शाकिरा र पिकेले गरे सम्बन्ध विच्छेद – Nepal Press

पपस्टार शाकिरा र पिकेले गरे सम्बन्ध विच्छेद

काठमाडौं । कोलम्बियन पपस्टार शाकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेले सम्बन्ध विच्छेद गरेका छन् ।

दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग हुन लागेको जानकारी दिएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा दुःख लागेको छ । हाम्रो प्राथमिकता भनेको हाम्रा बालबच्चा हुन् र हामी उनीहरूको गोपनीयताको सम्मान गर्छौ ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरू सम्बन्धमा रहेको ११ वर्षपछि छुट्टिन लागेका हुन्। सन् २०११ देखि उनीहरू सम्बन्धमा थिए । ४५ वर्षीया शकिरा र ३५ वर्षीय पिकेका दुई सन्तान छन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा फिफा विश्वकप प्रतियोगिता सुरु हुनु केहीअघि मात्र यी दुईबीच भेट भएको थियो ।

विश्वकपमा शाकिराले ‘वाका वाका’ गीतको भिडिओ छायांकन गर्ने क्रममा उनीहरू नजिकिएका थिए ।

जेरार्ड पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *