यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट – Nepal Press

यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ ।
मलेसियाको यूकेएम ओभलमा यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो ।

नेपालका लागि स्नेहा महराले ३ रन,मनिष रानाले अविजित २ रन जोडिन् । किरण कुँवर, अञ्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् । बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पार्दा समिका धनकान्दाले एक विकेट लिइन् ।

शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।

यस्तै नेपालले भुटान विरुद्ध सोमबार खेल्दैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर