मेक्सिकोमाथि उरुग्वेको सहज जित, चम्किए काभानी
नेपाल प्रेस
२०७९ जेठ २० गते १८:५३
एरिजोना । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा शुक्रवार उरुग्वेले मेक्सिकोलाई ३-० गोलले हराएको छ।
अमेरिकामा भएको खेलमा उरुग्वेका एडिन्सन काभानीले दुई र माटियास भेसिनोले एक गोल गरे।
भेसिनोले ३५ औँ मिनेटमा अग्रता दिलाएका थिए।
काभानीले ४६ र ५३ औँ मिनेटमा गोल गरे। सन् २०२२ मा उरुग्वे खेलेका सबै ५ खेलमा अपराजित रहेको छ।
मेक्सिकोले भने ९ खेलपछि पहिलो हार बेहोरेको हो।
प्रतिक्रिया